आमा रत्नलाई भेट्न पूर्वराजा अचानक भारतबाट फर्किदै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

gyanendra-shahकाठमाडौं । चार दिनअघि पत्नी कोमलको उपचार गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी वैशाख ४ गते नेपाल र्फकने भएका छन् ।

यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व मुमाबडामहारानी रत्नलाई भेट गर्न ज्ञानेन्द्र र हिमानी आउनलागेका हुन् ।

हरेक सोमबार आमालाई भेट्न महेन्द्र मञ्जिल जाने गरेका ज्ञानेन्द्र पुनः भारत फर्कने छन् । उनी वैशाख ७ गते पुन भारत फर्कने कार्यक्रम रहेको छ ।

२१ गते अर्दली, नानी बज्यै र कर्मचारीसहित भारत गएकी हिमानी भने ७ गतेदेखि निर्मलनिवासमै बस्ने छिन् । आजको नेपाल समाचार पत्रमा समाचार छ ।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७