उपत्यकामा आजबाट प्लास्टिक झोलामाथि प्रतिबन्ध

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

Plastic-Bagकाठमाडौं । उपत्यकामा आजबाट प्लास्टिक झोलामाथि प्रतिबन्ध लाग्ने भएको छ । तर, विकल्पविनै प्लास्टिक झोला प्रतिवन्ध गर्न लागिएकाले अभियान प्रभावकारी बन्नेमा शंका छ ।

सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरेको छ । वैकल्पिक झोलाबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव गोविन्द खरेलले प्लास्टिक झोलाको विकल्पबारे कुनै निर्णय नभएको जानकारी दिए ।

सरकारले ४० माइक्रोन वा सोभन्दा कम मोटाइका प्लास्टिकको झोला बिक्री–वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्लास्टिक उद्योगमा रहेको करिब २० अर्ब लगानी संकटमा परेको प्लास्टिक व्यवसायीले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७