अध्यक्ष केपी ओली बैठकमा नगएर धरहरा चढ्न गए

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

kp-oli dharaharaकाठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सोमबार बोलाएको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी ओली बैठकमा नगएर धरहरा चढ्न गए । अरु नेताहरुले पनि नयाँ वर्षको शुभकामना आदानप्रदान गरेर समय बिताए ।

बैठकको सुरुमै सभामुख नेम्वाङले शोकप्रस्ताव पारित भएकोले संविधानसभाबाट शुभकामना दिन नपाएको भन्दै नयाँ वर्षको शुभकामना दिए ।

उनीपछि बोल्ने नेताहरुले पनि नयाँ बर्षमा संविधान दिन सकियोस् भन्दै एक अर्कालाई शुभकामना दिएका थिए । बैठकमा एमाले अध्यक्ष ओली नआएको भन्दै एकीकृत माओवादीले आपत्ति जनाइको थियो ।

‘हामीले बैठक बैठक भनेर मात्र के गर्ने ? केपी ओलीजीलाई संविधानभन्दा धरहरा ठूलो लाग्यो, यति दिनपछि बस्ने बैठक छाडेर उहाँलाई धरहरा चढ्नुपर्ने । यसरी कहिले सहमति हुन्छ, कहिले संविधान आउँछ ?’ बैठकपछि बाहिर निस्किएका प्रचण्डले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७