swine fluवैशाख, काठमाडौ । यसपालि नेपालमा देखिएको स्वाइन फ्लु भाइरसको उमेर पहिले भन्दा बढ्दै गएको विशेषज्ञ चिकित्सकले जनाएका छन् ।

एक पटक स्वाइन फ्लु लागेका विरामीमा संक्रमण अवधि बढ्दै जानु र तीन महिनादेखि देखापरेको स्वाइन फ्लु गर्मी मौसम लागेपछि पनि लगातार देखिनुले यसको आयु बढेको आशंका गरिएको नागरिक दैनिकमा खबर छ ।

पहिलो एकडेढ हप्तामै बिरामी सामान्य अवस्थामा र्फकन्थे, अहिले एक महिनासम्म पूरा निको हुन सकेका छैनन्,’ शुक्रवार ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान केन्द्रका डाक्टर शेरबहादुर पुनले भने । उनका अनुसार गत वर्षहरुमा स्वाइन फ्लु देखिए पनि छोटो अवधिमै हराएर जाने गरेकोमा यो वर्ष तीन महिनासम्म हराएको छैन ।

उनले अस्पतालमा एक पटक औषधि लिएर गएका विरामीसमेत पन्ध्रबीस दिनपछि निको भएन भन्दै आउने गरेको बताए । ‘औषधि लिएर गएका बिरामी मात्र दैनिक ७/८ जना मकहाँ आएका छन्,’ उनले भने ।

अस्पतालको बहिरंग विभागमा दैनिक आउने एक सय ५० मध्ये ८० प्रतिशत स्वाइन फ्लु तथा कुनै न कुनै फ्लुको लक्षण भएका आउने गरेको उनले बताए । ‘उनीह घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने भएर आउँछन्,’ डा. पुनले भने ।

यसरी आउने विरामीलाई राष्ट्रिय इनफ्लुयन्जा प्रयोगशालामा पठाउने गरिए पनि निश्चित मापनका आधारमा मात्र परीक्षण हुने हुनाले परीक्षण प्रक्रियासमेत फितलो बनेको डा. पुनले बताए ।

सम्बन्धित खबरहरु