आइपिएल : बैंगलोर हैदरवादसँग ८ विकेटले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

Pepsi IPL 2015 - M8 RCB v SRHकाठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।

बैंग्लोरले जितका लागि १६७ रनको लक्ष्य दिएको थियो । जसलाई सनराइजर्सले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डेभिड वार्नरले आक्रामक पारी खेले । उनले मात्र २७ बलमा छ चौका र चार छक्काको मदतमा ५७ रन बनाए ।

वार्नर आउट भएपछि शिखर धवन र लोकेश राहुलले जित दिलाए । धवन ५० र राहुल ४४ रनमा अविजित रहे । युजवेन्द्र चाहलले बैंग्लोरका लागि दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

उसका लागि एबी डिभिल्लियर्सले ४६, कप्तान विराट कोहलीले ४१ तथा क्रिस गेलले २१ रन बनाए । शेन एबोटले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हैदराबाटका ट्रेन्ट बोल्टले तीन तथा भुवनेश्वर कुमार र रवी बोपराले समान दुई–दुई विकेट लिए ।

सम्बन्धित खबरहरु