इंग्लिस प्रिमियर लिग : लिभरपुल पाँच स्थानमाथि उक्लियो

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

काठमाडौं । न्यूक्यासललाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको पाँचौं  स्थानमा उक्लिएको छ ।

LIV vs NEW EPLसोमबार राति भएको खेलमा लिभरपुलले न्यूक्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । यससँगै लिभरपुल शीर्ष चारका लागि चार अंकले पछि छ ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा स्टर्लिङको गोलबाट अग्रता लियो । पहिलो हाफमा न्यूक्यासको पेनाल्टी अपिल रेफ्रीले अस्वीकार गरे ।

खेलको ७० औं मिनेटमा एलेनले गोल गरे । खेलको ८७ औं मिनेटमा सिसेको रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि न्यू क्यासल १० खेलाडीमा सिमित भयो ।

जितपछि ३२ खेलबाट ५७ अंक जोडेको लिभपुल पाचौं स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको म्यानचेष्टर सिटीको ६१ अंक छ भने छैटौं स्थानमा रहेको साउथ ह्याम्पटनको ५६ अंक छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७