नयाँ बर्षको पहिलो दिन नै फस्ट माईक्रोले ल्यायो लगानीकर्तालाई खुशीको बहार

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

Micro Financeकाठमाडौं । फस्ट माईक्रो डेभ्लपमेन्ट बैंकले बैंकिङ तथा शेयर बजारमा नयाँ बर्षको पहिलो दिन नै खुशी र उमंगको सञ्चार गराउन सफल भएको छ । बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा अभुतपुर्व वृद्धि गरेको सन्देश प्रवाह गरेको छ । फस्ट माइक्रोले यसअघि पनि सबैभन्दा पहिले विवरण प्रकाशित गरेर अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई उछिन्दै आएको थियो ।

बैंकले अघिल्लो त्रैमाससम्म एक करोड ५० लाख खुद नाफा गरेकोमा तेस्रो त्रैमाससम्म ९३ लाखले बढाएर दुई करोड ४३ लाख रुपैयाँ नघाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकले खुद नाफा ४८ लाख रुपैयाँले बढाएको छ भने जगेडा कोष पनि बढेर चार करोड नाघेको छ ।

१५ करोड ५५ लाख चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी पनि बढेको छ । बैंकको निस्क्रिय कर्जा अनुपात सुन्य प्रतिशत रहिरहनुले अर्को आकर्षण थपेको   छ ।

लघुवित्तको क्षेत्रमा फस्ट माईक्रो राम्रो कम्पनी मानिन्छ । फस्ट माइक्रोको वित्तीय विवरण प्रकाशित भएपछि अब नेपाली धितोपत्र बजारमा सुचिकृत कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्ने क्रम सुरु भएको संकेत मिलेको छ ।

शेयर बजारमा कम्पनीहरुको तेस्रो त्रैमासिक बित्तीय विवरणलाई आधार मानेर शेयर खरिद बिक्री बढ्ने गरेको छ । कम्पनीहरुले लाभांश बाड्न खुद नाफा देखाउने चौथो अर्थात अन्तिम त्रैमासिक प्रतिबेदनको आधार समेत यही तेस्रो त्रैमासको प्रतिबेदनले दिने गर्छ ।

सम्बन्धित खबरहरु