एजेन्सी । कंगना रनवट केहि समययता विवादित छिन् । अभिनेता हृतिक रोशनसँग गोप्य पत्र आदन प्रदान भएको खबरसँगै उनी त्यसको घनचक्करमा फसेकी हुन् । यद्यपी व्यवसायिक जीवनमा भने उनी सफल छिन् । एकपछि अर्को अब्बल फिल्ममा काम गरिरहेकी छिन् ।

हालै उनले एक अन्र्तवार्तामा आफ्नो ब्वाइफ्रेन्डको मापदण्ड तोकेर चर्चामा आइन् । कंगनालाई सोधियो, आफ्नो ब्वाईफ्रेन्डमा के खुबी हुनुपर्छ ?कंगनाले हुनेवाला ब्वाइफ्रेन्डको उचाई, मोटाई केही भनेनन् । न व्यक्तित्वको कुरा गरिन्, न बौद्धिकताको । बरु भनिदिइन्, ‘देशप्रेमी हुनुपर्छ ।’

उनले थपिन्, ‘म आफ्नो देशलाई एकदमै प्रेम गर्छु, त्यसैले म चाहन्छु कि मेरो ब्वाइफ्रेन्ड देश प्रेमी होस् ।’ कंगना यतिमै रोकिएनन् । उनले के सम्म भनिन् भने, यदि हुनेवाला ब्वाइप्रन्डमा देशप्रेम छैन भने उनले ब्रेकअप गरिदिने छिन् ।‘यदि ऊ देशको हुन सक्दैन भने, अरु कसैको हुन सक्दैन’ कंगनाले भनिन् ।

 हुन त कंगनाले आगमी फेब्रुअरीसम्म बिवाह गरिसक्ने बताएकी छिन् ।कंगना यतिबेला आफ्ना पीरियड ड्रामा फिल्म ‘मणिकणिर्का’को सुटिङमा व्यस्त छिन् । कंगनाले यस फिल्ममा झाँसीकी रानी लक्ष्मी बाईकी भूमिकामा छन् ।

सम्बन्धित खबरहरु