वि.सं. २०७२ वैशाख ०२ गतेको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

Raasifal

आजको राशिफल

वि.सं. २०७२ वैशाख ०२ गते बुधबार तदनुसार ई. सं. २०१५ अप्रिल १५ तारिख,

किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३५, (चौलागा)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५ः३५ बजे र सूर्यास्त : साँझ ०६ः१९ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५ः४२ बजे र सूर्यास्त : साँझ ०६ः२८ बजे

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५ः४७ बजे र सूर्यास्त : साँझ ०६ः३३ बजे

वैशाख कृष्णपक्षको एकादशी तिथि, बिहान १०ः२८ बजेसम्म, त्यसपछि द्वादशी तिथि,

शतभिषा नक्षत्र, बेलुका १०ः३५ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त),

शुक्ल योग, बेलुका ०८ः३८ बजेसम्म, त्यसपछि ब्रह्म योग,

तैतिल करण, बेलुका ०९ः१५ बजेसम्म त्यसपछि गर करण,

आनन्दादि योग : मानस, चन्द्रवर्ण ; कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा ; आग्नेय, वारशूल ; उत्तर, नक्षत्रशूल : दक्षिण,

आजको व्रत÷पर्व ः बरुथिनी एकादशी व्रत,

आजको मूहुर्त ः रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर),

आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त

०३ गते : प्रदोष व्रत, रुद्राभिषेक(रुद्रीपूजा),

०४ गते : नेवारी पर्व मातातिचह्रे पूजा, अग्निवास(होमादि), दैलो राख्ने,

०५ गते : दर्श श्राद्ध, मातातीर्थ स्नान, मातृसम्मान दिवस, आमाको मुख हेर्ने दिन, हलो तथा निशि बार्ने दिन, गृहप्रवेश, ऋण लिनेदिने, दैलो राख्ने,

आजको राशिफल

meshमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आम्दानी घट्ने छ र उठ्नुपर्ने रकममा विलम्ब हुनाले पारिवारिक तनावको सिर्जना हुनेछ । बन्दव्यापारमा समेत फाइदा हुने देखिंदैन । गरेका कामबाट लाभ पाउन गाह्रो छ । श्रमको मूल्याङ्कन नहुँदा मानसिक खिन्नता बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brishबृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

mithunमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धार्मिक, आध्यात्मिक र सामाजिक काममा मन जाने छैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिम्मेबारी वहन गर्नु पर्नेछ, तर त्यसबाट उल्टै अपमान सहनुपर्छ । राज्यपक्ष र सरकारी काममा बाधा पुग्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

karkatकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

singhaसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आज प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kanyaकन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

tulaतुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

विद्यार्थीहरु मनोरञ्जनमा भुलिनाले दीर्घकालिक असर पर्न सक्छ । घरपरिवारबाट नै असहयोग र अविश्वासको वातावरण सिर्जना हुनसक्छ । आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

brichikबृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले छाडेको छैन । सानातिना कामको झमेला आउनसक्छ । आज गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

dhanuधनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

makarमकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आम्दानीमा कमी त हुने छैन, यद्यपि सोचेजस्तो लाभ मिल्न सक्दैन । दिदीबहिनी, कुटुम्ब र नातेदारका बीचमा असमझदारी हुनसक्छ । निरर्थक र प्रतिफलरहित दिक्कलाग्दो यात्राको सम्भावना छ । बसउठ र खानपानमा समस्या पर्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

kumbhaकुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने दिन हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

meinमीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शंकाले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश २६ः३९ः४७ उत्तर तथा देशान्तर ८७ः१६ः२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित खबरहरु