बुहारीले हालीन् सासु विरुद्ध एक सय २० मुद्दा

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

राजविराज । एक व्यक्तिविरुद्ध कति मुद्दा दायर होलान् ? अथवा एक व्यक्तिले कतिवटासम्म मुद्दा दायर गर्न सक्लान्रु यो प्रश्नको कानुनी उत्तर भेटिँदैन ।

कानुनले मुद्दाको कुनै सीमा तोकेको पनि छैन। एक व्यक्तिविरुद्ध एक दुई दर्जन मुद्दा चलेकोसम्म सुनिदै आएको हो। तर यहाँकी एक बुहारीले आफ्नै सासुविरुद्ध एक सय २० वटा मुद्दा दायर गरेको तथ्य फेला परेको छ।

एकै व्यक्तिले अर्को एक व्यक्तिमाथि चलाएको एक सय २० वटा मुद्दाको मिसिल देखेर अदालतका कर्मचारी पनि छक्क परेका छन् ।

मिसिल अध्ययन र मिसिलको चाङ डोरीले कसेर इजलाशबाट फाँटसम्म पुस्याउँदैमा कर्मचारी हैरान छन् ।

उदयपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले सासु हंशकुमारीको पक्षमा ०७१ असार १ गते फैसला सुनाएपछि बुहारी इन्दिराले ०७१ पुस र फागुनमा एक सय २० वटा मुद्दामा भएको फैसलाविरुद्ध पुनरावेदन अदालत राजविराजमा निवेदन दिएकी थिइन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु