मुम्बई । अभिनेत्री उर्वशी रौतेलालाई अहिले ज्यान मार्ने धम्की मिलिरहेको छ । उनलाई यस्तो धम्की चलचित्र ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज पछि लगातार आइरहेको छ । ट्रेलरमा अभिनेत्री उर्वशीले बोलेको केही शब्दले उनको बिरोध समेत भइरहेका छन् ।

चलचित्र मार्फत उनले द्रौपदीको अपमान गरेको आरोप लागेको छ । यसकारण पनि उनलाई ज्यान मार्ने धम्की मिलेको हो । ट्रेलरमा उनले आफ्नो तुलना द्रौपदीसँग गरेकी छन् ।

‘द्रौपदीका त पाँच पति थिए । मेरो त मात्र दुई रहेका छन्,’ ट्रेलरमा उनले बोलेको डाइलग हो यो । यी डाइलगले मानिसलाई भड्काएको आरोप उनी माथी छ ।ट्रेलर सार्वजनिक हुने बितिकै प्रतिक्षित सुचिमा रहन सफल चलचित्र अहिले विवादमा समेत फस्दै गएको छ ।ट्रेलरमा उवर्शी निकै बोल्ड अन्दाजमा देखिएकी छन् ।

चलचित्रमा उनका साथ अभिनेता करण वाही, विवान भटेना र गुलशन ग्रोवर समेत मुख्य भुमिकामा रहेका छन् । चलचित्रमा उर्वशीले दुई भाइसँग अफेयर गर्ने केटीको भूमिका निर्वाह गरेकी छन् । 

विशाल पाण्ड्या निर्देशित चलचित्रमा उर्वशी अहिले सम्मकै हट अवतारमा देखिँदै छिन् । ९ मार्चमा रिलिज हुने चलचित्र हेट स्टोरीको यो चौथो संस्करण हो ।

सम्बन्धित खबरहरु