आईपीएलले नेपालीलाई बनाउँदै छ जोगी, दैनिक करोडको बाजी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

वीरगन्ज । भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ ।

आईपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्र दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ।

गत बुधबार उद्घाटन खेलमै कोलकत्ता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल (नाम परिवर्तन) ले तीन लाख ६० हजार रुपैयाँ जिते। उक्त खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेका थिए।

यस्तो अवैध कारोबारका लागि वीरगन्जमा तीनजना दलाल सक्रिय रहेको स्रोतले बतायो। तीनजना दलालले जुवाकै लागि माईस्थान, लोहारपट्टी र आदर्शनगरमा गोप्य कार्यालय सञ्चालन गरेका छन्।

बाजी थाप्ने जुवाडेबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई ुबुकीु भनिन्छ। वीरगन्जका दलाल बुकीमात्रै हुन्। सट्टेबाजीमा संलग्न आदर्शनगरका एक व्यापारीका अनुसार सट्टेबाजका मुख्य गिरोह भने भारतको जयपुरमा छन्।

जयपुरका सट्टेबाजले वीरगन्जमा तीनजनालाई दलालीको जिम्मा दिएको ती व्यापारीले बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७