इरानले पनि बनाउने भयो महिलालाई राजदूत

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

150414154850_marzieh_afkham_iran_624x351_afp

तेहरान, २ वैशाख (बीबीसी) – इरानले ३६ वर्षपछि महिलालाई राजदूत नियुक्त गर्न लागेको छ । विदेश मन्त्रालयकी प्रवक्ता मार्जीह अफखामलाई राजदूत बनाउन लागिएको हो । मार्जीह इरानमा सबैभन्दा हाई प्रोफाइल महिला मानिन्छिन् ।  सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानले कुनै पनि महिलालाई राजदूत नियुक्त गरेको छैन । मार्जीह इरानकै इतिहासमा दोस्रो महिला राजदूत हुनेछिन् । यसअघि सन् ७० को दशकमा मेहरान्गीज दौलतशाही डेनमार्कको राजदूत बनेकी थिइन् ।  इरानका राष्ट्रपति हसन रोहानीइले महिलालाइृ बढी अधिकार दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सन् २०१३ को चुनाव प्रचारका क्रममा महिला अधिकारका पक्षमा वकालत गरेका थिए ।  राष्ट्रपति हसनभन्दा अघिका राष्ट्रपति मोहम्मद अहमदिनेजादले मारजियाह वाहिद दास्तजेर्दीलाई देशकै पहिलो महिला मन्त्री बनाएका थिए ।  मार्जीहलाई कहिले राजदूत नियुक्त गरिनेछ भन्नेमा भने केही पनि खुलाइएको छैन ।

सम्बन्धित खबरहरु