स्कुल सुरु भयो, तर पाठ्यपुस्तक छापिएकै छैनन्

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

book-1जनबोली २ बैशाख, काठमाडौ । आजदेखि मुलुकभर नयाँ शैक्षिक सत्र सुरु भएको छ । सरकारको पूर्व घोषणा अनुशार विद्यालयहरुले हरेक बर्षको बैशाख १ गते लाई नयाँ शैक्षिक शत्र मान्न थालेका छन् । १ गते सार्वजानीक विदा भएकाले २ गतेदेखि अधिकांश विद्यालयमा पठनपाठन नै सुरु गरिन्छ । तर २ गते नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नु भनेको हाम्रो देशमा चमत्कार हुनु हो । विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा अझै १३ लाख किताब छाप्नै बाँकी छ ।

जनकशिक्षा सामाग्री केन्द्र र निजी प्रकाशनले समयमै छपाइ गरी जिल्लाजिल्लामा आवश्यक संख्यामा पुस्तक पुर्‍याउन नसक्दा यसपल्ट पनि पुस्तक अभाव हुने भएको छ । पुस्तक छपाई सकेपछि पनि ढुवानीका लागि महिना दिन लाग्ने दुर्गम बस्तिहरु हाम्रो देशमा छन् । शैक्षिक शत्र सुरु हुँदा पुस्तक छाप्नै बाँकी राख्ने निकायलाई कहिलै कार्वाही हुन्न । यही प्रवृतीले देशको शैक्षिक स्तर खस्कदै गएको छ ।

सम्बन्धित खबरहरु