एजेन्सी। सोमबार सम्पन्न एकेडेमी अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जेलस प्रहरीले पक्राउ गरेको छ ।अमेरिकाको हलिउडस्थित गभर्नरस् बलबाट सेरेमोनी सकिएपछि सर्वोत्कृष्ट अभिनेत्री ठहरिएकी फ्रान्सेस म्याकडोरमान्डको ओस्कार अवार्ड चोरी भएको हो।

सो अवार्ड चोरी भएको प्रहरीले पुष्टि गर्दै अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको छ। पक्राउपछि प्रहरीले ब्रेन्टलाई २० हजार अमेरिकी डलर धरौटीमा रिहा गरेको बताइएको छ। 

प्रहरीका अनुसार आवश्यक परेको समयमा अदालतमा उपस्थित हुनुुपर्ने शर्तमा उनलाई रिहा गरिएको हो।प्रहरीले सो ओस्कार अवार्ड अभिनेत्री म्याकडोरमान्डलाई फिर्ता दिएको छ।

सम्बन्धित खबरहरु