जिब्रो छेड्ने जात्रा धुमधामका साथ मनाईदै, जुजुभाइले नै सातौंपटक जिब्रो छेडे (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

Bhaktapur_jibro_chhedne_jatra

भक्तपुर, बैशाख २ । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइंदै छ । जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँसश्रेष्ठले फलामको १० इन्च लामो सियोले जिब्रो छेडाउंदै छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका वाँस श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न सातौं पटक जिब्रो छेड्न लागेको बताएका छन् ।

आजै मध्यपुरथिमी नगरपालिका क्षेत्रका वासिन्दाले हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथ: सिया जात्रा पनि मनाउंदै छन् । थिमिमा चैत्त मसान्त देखि सुरु भएको विस्केट जात्रा मध्ये आज विशेष रुपमा मनाईने सिन्दुर जात्राका सुरुवातमा विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ भने हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको छ ।

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

उता, भक्तपुरमा विस्केट जात्राका क्रममा ठड्याइएको लिङ्गो हिजो साँझ ढालिएको छ । आठ रात नौ दिनसम्म मनाइने यस जात्रामा अस्ति राती तान्त्रिक विधि अनुसार ठड्याइएको ५५ हात लामो लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बांधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले बाध्ने प्रचलन रहेको छ ।

gebro

त्यस्तै लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजा समेत भनिन्छ । हिजो दिनभर पूजा गरेपछि साँझ लिङगो ढालिएको हो ।

jujuBhai-358x300

भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ ।

jujubhai-shrestha

परापूर्व कालमा एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यसलाई सबै जनताले मिलेर कहिले नफर्किने गरी गाउँबाट लखेटेको खुसीयालीमा सिन्दुर जात्रा मनाउन थालिएको किंवदन्ती छ भने राक्षसको सांकेतिक प्रदर्शनी स्वरूप जिब्रो छेड्ने जात्रा पनि मनाइने गर्दछ । जात्राको प्रमुख आर्कषण जिव्रो छेडाउने व्यक्ति हुने गर्दछ । जिब्रो छेडाउने व्यक्ति र आर्थिक अभावमा यो जात्रा संकटमा पर्दै गएको छ ।

सम्बन्धित खबरहरु