खै अनशनको महत्व : रौतहटमा नवौं दिनदेखिको रिले अनशन जारी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

chapur-birod

रौतहट, बैशाख २ । रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापनाको माग राख्दै सुरु भएको रिले अनशन आज नवौं दिन पनि जारी छ । यो अबधिमा १ सय ३० जना रिले अनसन बसेका छन् । रिले अनसनमा राजनीतिक पार्टीका नेता कार्यकर्ता, आमा समुह र पेशागत संग संगठन लगायतको सहभागिता रहने गरेको छ ।

रौतहटकोचन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको सेबा केन्द्र खोल्ने ०७१ असोज ३० गते गरेको निर्णय सदरमुकाम गौरबासीको आन्दोलन पछि सरकारले नै खारेज गरेपछि चन्द्रनिगाहपुरबासीले आन्दोलन थालेका हुन् । रौतहटको गौर र बाराको कलैयामा सेबा केन्द्र खोल्न नदिने बिषयमा आन्दोलन भएपछि अन्य जिल्लामा समेत सेवा केन्द्र खोल्ने निर्णय कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७