१० बर्ष अघि नवलपरासी फर्किदा नेपालको माओवादी आइएस भन्दा उग्र बर्बरताको प्रतीक

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

maobadi bhidantaजनबोली/ २ बैशाख, नवलपरासी । नवलपरासीको सोमनी गाउँ विकास समिति वडा नम्बर ७ वगर्दवामा तत्कालिन माओवादी ११ जनाको ज्यान लुछेको पनि १० बर्ष पुगेको छ । घटनाको १० वर्ष पुग्दा समेत राज्यबाट राहत नपाएको गुनासो मृतकका आफन्तहरुले गरेका छन् । २०६२ साल वैशाख २ गते राति तत्कालिन माओवादी कार्यकर्ताले गाउँ नै घेरा हाली सुतिरहेका ११ जनाको गोली हानी हत्या गरेका थिए ।

तत्कालिन समयमा माओवादी विरुद्ध गठन गरिएको प्रतिकार समितिका सदस्यहरुलाई गाउँलेहरुले लुकाएर राखेको भन्दै माओवादी कार्यकर्ताले घर भित्रबाट एक एक जनालाई बाहिर ल्याउदै गोली हानी हत्या गरेका थिए । सो क्रममा विस्फोट गरिएका ४ वटा पक्की घर र आगजनी गरिएका ११ वटा कच्ची घरका धनीले अझै क्षतिपूर्ति पाएका छैनन ।

मृतक परिवारले तीन पटक गरी किस्तामा साढे तीन लाख रुपैयाँ पाएका छन्, तर घरै गुमेकाहरुलाई अझै क्षतिपूर्ति दिइएको छैन ।

सम्बन्धित खबरहरु