आचार्यहरु एउटै साझा थलोमा गोलबद्ध हुँदै

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

acharya samaj
जनबोली/ २ बैशाख, काठमाडौ । राष्ट्र निमार्ण र सामाजिक दायीत्वमा आचार्यको सहभागीता बढाउने उदेश्यका साथ स्थापना भएका देशभरिका आचार्य सेवा समाजहरु अब एक हुने भएका छन् । देश–परदेशमा छरिएर रहेका आचार्यहरुले विभिन्न स्थानमा गठन गरेका आचार्य सेवा समाज अब एउटै साझा थलो (केन्द्रीय संस्था) को रुपमा गोलबद्ध हुने भएका हुन् ।

आचार्य बन्धु समाज काठमाडौका अध्यक्ष एवं उद्यमी कृष्ण आचार्यको पहलमा भएका विभिन्न छलफलहरुले राष्ट्रिय भेलाको आयोजना गरेर देशविदेशमा रहेका आचार्यहरुलाई समेट्दै एउटै साझा थलो निमार्ण गर्ने निर्णय भएको हो । छाता संगठन बनाउनका लागि राष्ट्रिय भेला संयोजनका लागि क्षेत्रगत रुपमा जिम्मेवारी नै तोकिसकिएको समाजका महासचिव बाबुराम आचार्यले जानकारी दिए ।

राष्ट्रिय भेला संयोजनका लागि पूर्वाञ्चलतर्फ पूर्व सरकारी वकिल एवं कानून व्यवसायी पदमप्रसाद आचार्य (खोटाङ्ग दिक्तेल), सालिग्राम आचार्य (झापा) र उदय आचार्य (झापा) लाई जिम्मेवारी तोकिएको छ । यसैगरी मध्यमाञ्चल भेला संयोजनका लागि जनकपुर, नारायणी अञ्चलमा अर्थविद् केशब आचार्य र डा. माधब आचार्यलाई जिम्मेवारी तोकिएको छ भने, बागमतीका लागि मुरारी (समाजसेवी भक्तपुर), वीरभद्र ( पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यका सुपुत्र) र दिनेश आचार्य (नुवाकोट, पत्रकार) लाई जिम्मेवारी दिइएको छ । पश्चिमाञ्चलमा राष्ट्रिय भेलाका लागि संयोजन गर्न छविलाल र टेकनाथ आचार्य (कास्कि) लाई जिम्मेवारी दिइएको छ ।

यसैगरी मध्यपश्चिमाञ्चल फनिन्द्र आचार्य र सुदुरपश्चिमाञ्चलका लागि रामशंकर आचार्य ( कैलाली) लाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ । विदेशमा रहेका आचार्यहरुलाई संयोजन गर्न समाजका अध्यक्ष (पूर्व सांसद, उद्योगी) कृष्ण आचार्य, महासचिब (पत्रकार-समाजसेवी, सुनसरी) बाबुराम आचार्य, इन्द्र आचार्य (खोटाङ्ग, पत्रकार) लाई जिम्मेवारी दिइएको छ ।

आचार्य बन्धु समाजको साझा थलो (केन्द्रीय संस्था) ले आचार्य बन्धुहरुको भावनात्मक विकास गर्ने, वंशावली एकीकृत गर्ने, प्रतिभाको पहिचान प्रवर्धन र प्रोत्साहन गर्ने, धर्म संस्कृतीको अभिलेखीकरण लगायत समाजमा आइपरेका दुःख, सुखको परिस्थितीमा साथ सहयोग गर्ने उदेश्य रहेको छ । भेला आयोजना सन्र्दभमा आगामी बैठक पूर्वाञ्चलमा बस्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु