सहमतिको अन्तिम सिमा आइतबार, नभए प्रक्रिया अनुसार अघि बढ्छु : सभाध्यक्ष

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २ ब‌ैशाख, २०७२

subash-nembang 1

जनबोली/ २ वैशाख, काठमाडौं । राष्ट्रिय सूचना आयोगले आफ्नो ३ महिने कार्यकालको प्रतिवेदन सार्वजनिक गरेको छ । नयाँ आयुक्तहरु नियुक्त भएपछिका तीन महिनाका उपलब्धि सार्वजनिक गर्दै आयोगले यसबीचमा ७ सय ५० ओटा कार्यालयमा सूचना अधिकारी राख्न सफल भएको, स्कूल तहको पाठ्यक्रममा सूचनाको हकसम्बन्धी जानकारी समावेश गराउन, सबै मन्त्रालयमा विवरण सार्वजनिक गराउन सफलभएको जनाएको छ ।

सिंहदरबार बुधबार भएको प्रतिवेदन सार्वजनिक तथा सम्मान कार्यक्रममा बोल्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेवाङले जनताले धेरैभन्दा धेरै सूचना पाउन सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै जनताप्रति उत्तरदायी बन्न सबैसँग आग्रह गरे । उनले जनता सुसूचित भए जवाफदेहिता र पारदर्शीतामा बृद्धि आउने भन्दै आफ्नो काममा निर्भिक भएर लाग्न आयोगसँग आग्रह गरे । संविधान निमार्णमा आइतबारसम्म दलहरुबीच सहमति नभए विधि, प्रक्रिया र स्थापित मापदन्डअनुसार आफू अघि बढ्ने उनले बताए ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु किरण पोखरेल, यशोदा तिम्सेना, व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारी, पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्ट र आयोगका पूर्वप्रमुख आयुक्त विनय कसजुले सूचनाको हकका विषयमा बोलेका थिए । मन्त्रालयका सचिव र विभिन्न निकायका प्रमुखको सहभागिता रहेको कार्यक्रममा पूर्वआयुक्तहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७