घाटबाटै फर्काइयो मृतक र मलामी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३ ब‌ैशाख, २०७२

dangदाङ । अन्त्येष्टि गर्न घाटमा पुगिसकेको बेला एक्कासी प्रहरी पुगेपछि मलामी छक्क परे । बुधबार दिउँसो पातुखोला किनारमा जलाउन तयार पारेको बेला प्रहरीले शवसहित मलामीहरुलाई फिर्ता गर्यो ।

मलामीहरु अन्त्येष्टि गर्नुको साटो प्रहरी कार्यालय पुग्नुुपर्यो ।

तुलसीपुर नगरपालिका-१४, राईखलियानका २३ वर्षीय जंगबहादुर चौधरीको मृत्यु भएपछि घाटसम्म पुगेका मलामी प्रहरी कार्यालय पुग्नुपरेको हो ।

उनलाई दाजु परशुराम चौधरीले हत्या गरेको जानकारी पाएपछि प्रहरी नियन्त्रणमा लिन घाटमै पुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी चक्रराज जोशीले बताए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु