एजेन्सी । डाक्टरहरूको टिमलाई भोलि बिहान बोलाइरहेको छु। उनीहरूले मेरो शरीर ठोकठाक पारेर मलाई फेरि स्वस्थ पार्न सकून्। म आराम गर्छु र तपाईंहरूलाई मनोरञ्जन दिँदै गरूँला। बलिउड अभिनेता अमिताभ बच्चनले मंगलबार बिहान लेखेको स्टाटस हो यो।

उनले यो स्टाटसमार्फत आफू बिरामी भएको सार्वजनिक गरेका थिए। उनी हाल राजस्थानको जोधपुरमा फिल्म ठग्स अफ हिंदोस्ताुं को सुटिङमा रहेको र त्यहीँ बिरामी भएको बीबीसीले लेखेको छ। 

उनी त्यहाँ मार्च ५ मा पुगेका थिए। अमिताभले लेखेझैँ मुम्बईबाट डाक्टरहरूको टिम जोधपुर पुगेर उनको स्वास्थ्य जाँच गरेको छ। उनलाई मुम्बई ल्याउने तयारी भइरहेको बताइएको छ।

सम्बन्धित खबरहरु