काठमाडौं । महान् भौतिकशास्त्री स्टेफन हकिङको ७६ को वर्षको उमेरमा निधन भएको छ। उनको जन्म सन् १९४२ मा ब्रिटेनमा भएको थियो। उनका बुबा पनि बैज्ञानिक थिए।उनी उनी सन् १९६३ मा २१ वर्षको उमेरमा गम्भीर रोग मोटर न्यूरोनबाट पीडित थिए। शरीरको भाग नचल्ने भएपछि उनी ह्विल चियरमा हिँडडुल गर्दै आएका थिए। बोल्न नसक्ने उनी कम्प्युटरको सहयोगमा बोल्दै आएका थिए।


उनी सानैदेखि गणित विषयमा रुचि राख्थे।तर उनका बुबा भने विज्ञान विषयमा जोड दिन्थे।ह्विल चियरबाटै उनी रमणीय स्थान घुम्न मन पराउँथे।अक्सफोर्ड विश्वविद्यालयबाट नेचुरल साइन्समा स्नातक गरेका उनले क्याम्ब्रीज विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। उनी क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका सोध निर्देशक समेत थिए।

अहिलेसम्म उनका १५ वटा पुस्तक प्रकाशित भएका छन्। प्रकाशित पुस्तकमध्ये ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ सर्वाधिक पढिएको पुस्तक हो। यो १ करोडभन्दा बढी प्रति विक्री भएको पुस्तक हो। उनले १३ वटा विषयमा मानार्थ डिग्री गरेका थिए। उनले ‘ब्ल्याक होल’सम्बन्धी प्रसिद्ध सिद्धान्त सन् १९७४ मा ‘हकिङ्ग रेडिएसन’ को प्रतिपादन गरे। उनले ४४ वटा टीभी कार्यक्रममा प्रस्तुति दिएका थिए।

उनको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रीथिङ’ नामक चलचित्र समेत बनेको छ। बेलायतकी महारानी एलीजावेथले सम्मान गरेपछि उनको नाम पछाडि सर लगाउन थालिएको हो। त्यसपछि उनलाई सर स्टेफन हकिङ भन्न थालिएको हो। उनका श्रीमती र दुई छाेरा छन् । साभार श्राेतः अन्नपूर्ण पाेस्टबाट

पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित खबरहरु