थापाको पार्थिव शरीर आज दिउँसो काठमाडौं ल्याइने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३ ब‌ैशाख, २०७२

imagesजनबोली ३ बैशाख, काठमाडौं । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएका राप्रपाका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको पार्थिव शरीर आज दिउँसो काठमाडौं ल्याइने भएको छ ।

राप्रपाका प्रवक्ता किरण गिरीले नेपाल सन्देशसँग कुरा गर्दै थापाको शव दिउँसो ३ बजे काठमाडौं ल्याइने जानकारी दिए ।

गिरीका अनुसार थापाको शव श्रद्धान्जलीकालागि उनको निवास मालीगाउँमा राखिने छ । त्यसपछि पार्टी कार्यालयमा राखिने छ ।

थापाको आजै अबेर दाहसंस्कार गर्ने तयारी भैरहेको छ । पेटमा समस्या भएपछि थापा चैत्र १५ मा उपचारकालागि थापालाई भारत लगिएको थियो ।

पछिल्लो समय सहमतिय राजनीतिकालागि थापाले सक्रियता बढाएका थिए । सहमतिकालागि थापाले ४० सुत्रीय सहमतिको प्रस्ताव दलहरुका बीचमा छलफल गराएका थिए ।

सम्बन्धित खबरहरु