चन्द्रनिगाहपुरमा नौ दिनदेखि रिले अनशन जारी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३ ब‌ैशाख, २०७२

rautahatरौतहट ।  सेवा केन्द्र स्थापनाको माग राख्दै रौतहटको चन्द्रनिगाहपुरमा रिले अनशन नौ दिनदेखि जारी रहेको छ । सो अवधिमा १२० जनाले रिले अनशनमा सहभागिता जनाइसकेका छन् ।

यसैबीच रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा बुधबार चन्द्रपुर नगरपालिकासहित आसपासका गाविसका बासिन्दाको सहभागितामा सर्वपक्षीय भेला सम्पन्न भएको छ ।

सो अवसरमा सभासद् रामकुमार भट्टराईले जिल्लाको उत्तरी भेगका बासिन्दालाई सेवा सुविधा दिने राज्यको नीति रहेको बताए ।

उनले जिल्लाका सबै सभासद्, राजनीतिक पार्टीका अध्यक्षसहितका नेताको भेला बोलाएर सेवा दिन मात्र चन्द्रपुरमा केन्द्र खोल्न लागेको बुझाउन सकिए यसले सार्थकता पाउने बताए ।

भेलामा नेपाली काँग्रेसका महासमिति सदस्य देवप्रसाद तिमल्सिना, एमाओवादीका केन्द्रीय सदस्य एवम् पूर्व सभासद् देवेन्द्र पटेल, नेकपा–माओवादीका केन्द्रीय सदस्य युवराज भट्टराई, नेकपा–माओवादीका जिल्ला सङ्गठन समिति रौतहटका सेक्रेटरी एकराज थापालगायत सर्वसाधारणको सहभागिता थियो ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७