महामारीमा गयो एक जनाको ज्यान, अहिलेसम्म १८ जनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ३ ब‌ैशाख, २०७२

jajarkot swine fluजनबोली ३ बैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको माहामारीबाट बिहीबार थप १ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । नायक वडा गाविसका ६१ वर्षका एक वृद्धको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बिहीबार विरामीको संख्या धेरै रहेको टाले गाविसमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको छ  ।  टाले गाविसमा विरामीहरुको संख्या अन्य गाविसमा भन्दा धेरै रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखालाई  जिल्ला जनस्वास्थ्य कार्यालयले चिकित्सकहरु थप गर्न भन्दै पत्र पठाएको तीन दिन भैसक्दा पनि आवश्यकता अनुसार चिकित्सक अहिलेसम्म जिल्लामा नपुगेको जनाएको छ ।

माहामारी नियन्त्रणमा समस्या देखिएपछि थप स्वास्थ्यकर्मी पठाउनका लागि सरकारलाई  आग्रह गरेको थियो । माहामारी फैलिएको क्षेत्रमा  विरामीको संख्या अनुसार चिकित्सक नहुनु, त्यस क्षेत्रमा २४ घण्टासम्म विरामीलाई सेवा दिइरहँदा चिकित्सकमा पनि समस्या देखिन थालेको छ । बुधबार जाजरकोट सदरमुकाममा बसेको सरकारी तथा गैरसरकारी कार्यालय, राजनितिक दलहरुसँगको छलफलमा माहामारी नियन्त्रणका लागि सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

  यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले जाजरकोटमा फैलिएको रोगको रोकथाम र उपचारमा तिब्रता दिन निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्री खगराज अधिकारीसहित सरकारी अधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले थप क्षति हुन नदिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७