सरकारले वैदेशिक रोजगारीमा निःशुल्क पठाउने प्रक्रिया अघि बढाउने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

baideshik rojgarकाठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क पठाउने प्रक्रिया अघि बढाउने भएको छ ।

रोजगारदाता कम्पनीहरूले कामदार लिँदा शुल्क लिन नपाउने भए पनि सरकारी नीतिका कारण म्यानपावर कम्पनीहरूले कामदारसित चर्को शुल्क लिइरहेको अवस्थामा सरकार शून्य शुल्क प्रणाली लागू गर्ने तयारीमा लागेको हो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई शुल्क नलिई वैदेशिक रोजगारमा पठाउन सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

श्रेष्ठले आफूले मलेसिया भ्रमणका क्रममा नेपाली कामदारले त्यहाँ भोगिरहेको शोषणबारे सरकारलाई जानकारी गराउँदा दुवै मन्त्रीले यसखाले तयारी भएको जानकारी दिएको बताए ।

मलेसिया, कतार, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत कुनै पनि मुलुकमा रोजगारीका लागि जान शुल्क बुझाउनु पर्दैन ।

तर सरकारी संयन्त्र कमजोर हुँदा र नीति नियम पनि त्यो अनुरूप नहुँदा नेपाली युवा चर्को शुल्क तिरेर जान बाध्य भइरहेका छन् । यसरी चर्को शुल्क तिरेर बिदेसिएका नेपालीहरू चरणबद्ध रूपमा ठगिएका छन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७