दुई दिनमा चार लाख थान झोला जफत

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Plastic-Bagकाठमाडौं । सरकारले प्लास्टिक झोलाविरुद्धको अभियान थालेको दुई दिनमा चार लाख थान झोला जफत गरेको छ ।

काठमाडौं उपत्यकाबाट बुधबार दुई लाख ५० हजार र बिहीबार एक लाख ५० हजार झोला बरामद गरिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्लास्टिक झोलामा प्रतिबन्ध लगाएपछि विभागले उपत्यका भित्रिने विभिन्न नाका र बजारमा अनुगमन तीव्र पारेको छ । प्लास्टिक झोला बेच्ने आठजनालाई बयानका लागि वातावरण विभागमा उपस्थित हुन पत्र काटिएको छ।

उनीहरूले सार्वजनिक सूचना उल्लंघन गरेकाले आवश्यक कारबाहीका लागि विभागमा बोलाइएको मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बताए ।

ललितपुरको सेलवेजलगायतका ठूला डिपार्टमेन्टल स्टोरबाट पनि बिहीबार प्लास्टिक झोला बरामद गरियो। यसैगरी काठमाडौंको कालिमाटी क्षेत्रबाट पनि प्लास्टिक झोला बरामद भएको छ।

सरकारले वैशाख १ गतेदेखि उपत्यकाभर २० इन्च चौडाइ र ३५ इन्च लम्बाइका तथा ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला भण्डारण, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। सरकारी निर्णय नटेर्नेलाई कानुनअनुसार ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७