संस्थापन पक्षले पदाधिकारी संख्या बढाउने, देउवा असन्तुष्ट

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Congress adhibeshanकाठमाडौ । कांग्रेसको १३औं महाधिवेशनमा उपसभापति र महामन्त्रीमा दाबी गर्ने आकांक्षी बढ्ने भएपछि तिनलाई व्यवस्थापन गर्न संस्थापन पक्षले पदाधिकारी संख्या बढाउने तयारी सुरु गरेको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने उपसभापति र महामन्त्री पद बढाउने पक्षमा छैन । यी दुवै पदका आकांक्षी आफ्ना समूहमा भन्दा संस्थापन पक्षमा बढी भएकाले देउवा उपसभापति र महामन्त्री बढाउन तयारी विपक्षमा उभिने भएका हुन् ।

संस्थापन पक्षमा उपसभापति र महामन्त्रीका लागि धेरै दाबेदार रहेका र तिनलाई व्यवस्थापन गर्न नसक्दा हुने असन्तुष्टिको फाइदा आफूले लिन सक्ने भएकाले देउवाले सहजै उपसभापति र महामन्त्री पद बढाउन नदिने रणनीति लिएका हुन् ।

सहमहामन्त्रीको पद बढाउन भने देउवा पनि सकारात्मक छन् । सहमहामन्त्रीका लागि आफ्नै पक्षमा धेरै दाबेदार भएका कारण उनी सकारात्मक देखिएका हुन् ।

स्रोतका अनुसार संस्थापन पक्षले एक वरिष्ठसहित तीन उपसभापति र पाँच सहमहामन्त्री बढाउन प्रस्ताव गर्ने तयारी गरिरहेको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु