पूर्वप्रधानमन्त्री थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Surya-Bahadur-Thapa1272088389जनबोली/४ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको पार्थिव शरिर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि थापा निवास मालिगाँउमा राखिएको छ । ८८ वर्षीय नेता थापाको भारतको मेदान्त अस्पतालमा गएराति निधन भएको थियो ।

थापाको पार्थिव शरिरमाथी पुष्पगुच्छा अर्पण गरेर अन्तिम श्रद्धाञ्जली दिनका लागि अहिले आफन्त तथा सुभेच्छुकहरुको घुईचो लागेको छ । पार्टी कार्यालयपछि थापाको पार्थिव शरीरलार्इ दशरथ रंगशालामा राखिने छ ।

दशरथ रंगशालामा नेपाली सेनाको एक टुकडिले सम्मानका साथ सलामी अर्पण गरिनेछ । त्यसपछि आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार सम्पन्न हुनेछ । थापाको पार्थीव शरीरलाई विहिबार साँझ विशेष विमानमार्फत काठमाडौं ल्याइएको हो ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७