नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने : प्रधामन्त्री कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Ambessdor-of-Thailand-meetsजनबोली ४ वैशाख, काठमाडौं । नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने दाबी गर्दै प्रधामन्त्री सुशील कोइरालाले विकासको लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन् ।

नेपालका लागि थाइल्याण्डका राजदूतसँग आज शुक्रबारको भेटमा प्रधानमन्त्री कोइरालाले नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र थाइल्याण्डबीचको कुटनीतिक, साँस्कृतिक र आर्थिक सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्धधर्मावलम्बी थाई जनताको मोहले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध थप सुमधुर बनाएको बताएका थिए ।

यसैगरी थाई राजदूतले नेपालमा थाई पर्यटकको संख्या बढ्दै गएको बताएका   थिए । उनले थाइल्याण्डको थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएको भन्दै यसबाट नेपाललाई लाभ मिल्ने दाबी गरेका थिए ।

भेटमा थाई राजदूतले थाइल्याडमा पनि यस वर्षको अन्त्यसम्म नयाँ संविधान आउने जानकारी गराएका थिए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७