माइक्रोसफ्टका प्रमुख कार्यकारी नाडेलाको वार्षिक तलब ८ करोड ४३ लाख डलर

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

वैशाख । वार्षिक ८ करोड ४३ लाख डलरको प्याकेजसहित सत्या नाडेलाको तलब विश्वकै प्रमुख कार्यकारी अधिकृतको भन्दा बढी रहेको देखिएको छ । भारतीय मूलका नाडेला प्रविधि कम्पनी माइक्रोसफ्टका प्रमुख कार्यकारी हुन् ।

microsoft१०० ठूला सार्वजनिक अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलबको विश्लेषणका आधारमा तयार पारिएको सूचीमा उनी सबैभन्दा बढी तलब खानेमा परेका हुन् ।

गत वर्ष ओर्‍याकलका ल्यारी इलिसन बढी तलब खानेमा परेका थिए । यो वर्ष भने उनलाई नाडेलाले पछाडि पारेका छन् । इलिसन दोस्रो स्थानमा छन् ।

भारतीय मूलकी पेप्सिकोकी प्रमुख कार्यकारी इन्द्रा नुई बढी तलब खानेको सूचीमा १९ औँ स्थानमा परेकी छन् ।

उनको वार्षिक तलब १ करोढ ९० लाख ८ हजार डलर छ । बर्कसायर हाथवेका वारेन बफेट गत वर्ष सूचीको १ औँ स्थानमा थिए । उनले तलब प्याकेजअन्तर्गत ४ लाख ६४ हजार ११ डलर मात्र लिएको खबर कारोबार दैनिकमा छापिएको छ ।

इलिसनपछि तेस्रो स्थानमा क्वालकमका स्टेभेन मोलेनकोप्फ परेका छन् । उनको तलब ६ करोड ७ लाख डलर छ । शीर्ष १० को सूचीमा वाल्ट डिस्नेकमा रोबर्ट इगर, सीभीएस हेल्थका लयारी मेरलो ट्वान्टी फस्र्ट सेन्चुरी फक्सका के रुपर्ट मुर्डोक, बोइङका डब्लु जेम्स म्याकनेर्नी, मोर्गान स्ट्यानलीका जेम्स गोर्मान, हनिवेल इन्टरनेशनलका डेभिड कोट र अमेरिकन एक्सप्रेसका केनेथ चिनाउल्ट छन् ।

सम्बन्धित खबरहरु