थापालाई अन्तिम श्रद्धाञ्जली दिन शुभेच्छुकको घुईचो, राजकीय सम्मानका साथ आजै अन्त्येष्टि

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

11166039_860301097358230_920539176_n

जनबोली/ ४ बैशाख, काठमाडौ ।  सिंगो देश पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता सूर्यबहादुर थापाको निधनको शोकमा डुवेको छ । पाँच पटक सम्म मुलुकको प्रधानमन्त्री बनेका थापा प्रति शोक व्यक्त गर्न सरकारले आज दिन शोकमय दिनको रुपमा सार्वजानीक विदा घोषणा गरेको छ ।

उनको पार्थिव शरीर शुक्रबारनै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । थापाको पार्थिव शरीर मालिगाउँबाट पार्टी कार्यालय चावहिलमा राखिएको छ । पार्टी कार्यालयपछि थापाको पार्थिव शरीरलार्इ दशरथ रंगशालामा राखिने छ । थापाको उपचारका क्रममा बुधबार राति भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको थियो ।

थापाको पार्थीव शरीरलाई बिहीबार साँझ विशेष विमानमार्फत काठमाडौं ल्याइएको छ । मालिगाउँस्थित थापा निवासमा राखिएको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा शुभेच्छुकहरु थापा निवास पुग्ने क्रम जारी रहेको छ ।

थापाको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि बिहान १० बजेदेखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चावहिलमा राखिनेछ । त्यसपछि दिउँसो तीन बजेसम्म दशरथ रंगशालामा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने राप्रपाले जनाएको छ ।[quote font=”play” font_size=”25″ font_style=”italic” color=”#1f83c1″ bgcolor=”#81d742″ bcolor=”#f23737″ arrow=”yes” align=”right”][/quote]

दशरथ रंगशालामा नेपाली सेनाको एक टुकडिले सम्मानका साथ सलामी अर्पण गरिनेछ । त्यसपछि आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार सम्पन्न हुनेछ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७