ढकाललाई सम्झिदै ओली भक्कानिदा, बुल्खु पुरै रोयो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

ramnatha dhakal
जनबोली/ ४ बैशाख, काठमाडौं । पोलिटब्युरो सदस्य रामनाथ ढकाललाई सम्झिदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन थामिनै सकेन र बरर आशु खसाल्दै भक्कानिदै रुन थाले ।शुक्रबार ढकालको १३ औं पुण्य तिथिमा पार्टी कार्यालयमा आयोजित शोक सभामा कुनैपनि नेता तथा कार्यकर्ताका आँखा आभाना थिएनन । अधिकांशले बरबरती आशु खसालीरहेका थिए ।

सोही शोक सभामा बोल्दै अध्यक्ष ओलीले शोकलाई शक्तिमा बदल्ने प्रण गरेका छन् । अध्यक्ष ओलीले ढकालको अपुरासमना पुरा गर्न एमाले एक ढिक्का भएर अघि बढ्ने बताए । भाषणका क्रममा पटक पटक ओलीको गला अबरुद्ध भएको थियो ।[quote font=”play” font_size=”25″ font_style=”italic” color=”#26a5ef” bgcolor=”#2893ff” bcolor=”#26aef2″ arrow=”yes” align=”right”][/quote]

कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनालले सबैले राम्रो काम गर्न सकेमा मात्र ढकालप्रति सच्चा श्रदान्जली हुने बताए । एमाले सभासद रामबीर मानन्धरले ढकालको श्रद्धान्जलीकालागि देशैभर श्रद्धान्जली सभा आयोजना गरिएको जानकारी दिए ।

सम्बन्धित खबरहरु