सिटी डेभलपमेण्ट बैंकको (साउनदेखि चैत मसान्त) १२ करोड ७२ लाख मुनाफा

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२
काठमाडौं । सिटी डेभलपमेण्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास (साउनदेखि चैत मसान्त) सम्म १२ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकले चार अर्ब ४८ करोड निक्षेप संकलन र तीन अर्ब ७७ करोड कर्जा लगानी गरेको छ । बैंकले ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ कार्यक्रम तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकका कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १४ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको ।

बैंकले बन्दीपुर, लामाचौर र कुश्मीशेरा बाग्लुङबाट समेत निकट भबिष्यमा कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७