सहकारी ठगका कठीन दिनचर्या सुरु, लिलाम हुँदै सम्पत्तिहरु

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

sahakari-thagiसहकारी संस्थामा बचतकर्ताको रकम ठगी गरेर फरार भएका र थुनामा रहेका ब्यक्तिहरुको सम्पति लिलाम गरी दायित्व भुक्तान गर्ने बाटो खुलेको छ । सरकारले अध्यादेश मार्फत सहकारी ऐन २०४८ संशोधन गरी न्यायिक अधिकारसहितको समितिमार्फत सम्पति लिलाम गर्न सकिने प्रबन्ध मिलाएपछि समस्यामा परेका सहकारीका बचतकर्ताले रकम फिर्ता पाउनसक्ने संभावना बढेको छ ।

त्यसैगरी ऐनले ठगी गर्ने संचालकलाई सात बर्षसम्म जेल सजाय हुने प्रबन्ध पनि मिलाएको छ । साथै निजबाट बिगो र बिगो बराबरको जरिवाना असुल पनि गरिने भएको छ ।

सुधिर बस्नेतको ओरेन्टललगायतका एक सय ३० भन्दा बढी सहकारीले बचतकर्ताको ११ अर्ब रकम डुबाएपछि सरकारले जनताको रकम फिर्ताको ब्यवस्था कानुनी प्रबन्ध मिलाएको हो ।

अध्यादेशको संशोधित ब्यवस्था राजपत्रमा प्रकाशित हुने बित्तीय अधिकारसम्पन्न न्यायिक समिति गठन हुने सहकारी तथा गरिबी निबारण मन्त्रालयका अधिकारीहरुले बताएका छन् । त्यस्तो समितिले सहकारीको रकम फसेका आयोजनाहरु पुरा गर्न पनि भुमिका खेल्ने र फसेको सर्वसाधारणको रकम फिर्ताको सुनिश्चितता प्रदान गर्ने छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७