(सार्क)मा पहिलो पटक नेपाल सरकारले महिला कूटनीतिज्ञलाई निर्देशकको रुपमा पठायो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Rita dhitalकाठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पहिलो पटक नेपाल सरकारले महिला कूटनीतिज्ञलाई निर्देशकको रुपमा पठाएको छ ।

राजधानीको त्रिदेवी मार्ग, ठमेलमा रहेको सार्क सचिवालयलमा परराष्ट्रकी उपसचिव रिता धितालले नेपालको तर्फबाट निर्देशकको जिम्मेवारी बुधबारबाट सम्हालेकी हुन् ।

नेपालबाट प्रथम महिला निर्देशको रुपमा रिता गएकी भए पनि सार्क सचिवालयको स्थापना पछि उनी छैटौं महिला निर्देशक हुन् ।

सर्वप्रथम भुटानले महिला निर्देशक सार्कमा पठाएको हो भने श्रींलका, भारत र माल्दिभ्सले महिला निर्देशक पठाईसकेका छन् ।

भुटानले दुईपटक र श्रीलंकाले एक पटक पहिला नै पठाएका हुन । हाल भने भारत र माल्दिभ्सको तर्फबाट महिला निर्देशक छन् ।

सार्कमा आठ वटै सदस्य राष्ट्रका एक(एक निर्देशक रहने प्रावधान छ । सार्कमा माल्दिभ्सले त चार बर्ष अघि महिला महासचिव नै पठाएको थियो ।

तर पछि माल्दिभ्सको आन्तरीक राजनीतिको कारण बीचमा नै उनी फर्कनु परेको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु