युट्युवमा अव भिडियो हेर्नकालागि पैसा तिर्नुपर्ने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

YouTube-logo-full_colorएजेन्सी । फेसबुकसँग कडा चुनौति र प्रर्तिश्पर्धा व्यहोरीरहेको युट्युवले अव भिडियो हेर्नकालागि पैसा तिर्नुपर्ने नयाँ नियम लागु गर्न लागेको छ ।

अहिलेसम्म निशुल्क युट्युव भिडियो हेरीरहेका दर्शकहरुले अब भने पैसा तिरेर मात्र भिडियो हेर्न पाउने छन् ।

भिडियोसँगै आउने विज्ञापनका कारण दर्शकहरुले झन्झट मानेर फेसबुकतीर लागेको निष्कर्ष गुगलले गरेको छ । अब दर्शकहरुले विना विज्ञापनको भिडियो हेर्न पाउने छन्, तर, निश्चित पैसा तीरेर ।

गुगलको युट्युबले कति पैसा तिर्नुपर्ने भन्ने बारेमा भने खुलाइसकेको छैन । तर, मासिक दश डलरको हाराहारीमा पैसा तिर्नुपर्ने बताइएको छ ।

युट्युवले पे च्यानलको निर्माण गर्ने प्रयास गरे पनि सफलता भने पाउन सकिरहेको छैन ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७