टरेन महामारी आतंक: जाजरकोटमा थप तीनको मृत्यु, मृत्यु हुनेको संख्या २१ पुग्यो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Jajarkot 4जनबोली ४ बैशाख, जाजरकोट । महामारीले आक्रान्त पारेको जाजरकोटमा सिजिनल फ्लु, स्वाइन फ्लु फैलिन नदिन फैलिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्लाको विभिन्न गा.वि.स. तथा प्रभावित क्षेत्रमा जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार हिजो विहिबारदेखि देखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको छ ।

सिजिनल फ्लु, स्वाइन फ्लु फैलिन नदिन हेल्पडेस्क स्थापना

jajarkot swine flu

जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख र जाजरकोटको सिमाना थलहबजार, जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको हो ।

हेल्प डेस्कमा बिरामीको जाँच गरिने र आवश्यक सल्लाह, सुझाव दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो 

जिल्लाका पजारु, टालेगाउँ, अर्छानी, पैक, सक्ला, नायकवाडा, रोकायगाउँ, लह र सुवानाउली गाविसमा भने रोगको संक्रमणमा वृद्धि भईरहको छ ।

यसैबीच सो रोगबाट थप ४ जनाको मृत्यु भएको छ । यस सँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

सम्बन्धित खबरहरु