मैले सभापतिमा उम्मेदवारी दिँदा सभापतिले चित्त बुझाउनै पर्छ : नेतृ कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

sujata koiralaजनबोली ४, बैशाख वीरगन्ज । पर्साको वीरगञ्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार दिने घोषणा गरेकी छिन् ।

कसैले छाड भन्दैमा नछाड्ने हठमा अडिग रहने बताउँदै नेतृ कोइरालाले पार्टी सभापति सुशील कोइराला चित्त बुझाउनु पर्ने भनेर ठम्याएकी छिन् ।

नेतृ कोइरालाले अहिलेका शीर्ष नेताहरुसँग प्रतिस्पर्धाका लागि आफू सक्षम रहेको दावी उनले कोइरालाको गुटबन्दीका कारण काँग्रेस कमजोर हुँदै गएको आरोप लगाईन् ।

पार्टीको निर्णयक तहमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनैपर्ने उनको भनाई थियो । पार्टीमा सुजाताले उपसभापति पद दावी गर्दै आएकी छन् । सभापति सुशील कोइराला नै एक पटक सभापतिमा उठ्ने तयारीमा रहेकोले उनलाई सुजाता कोइरालालाई उपसभापति दिँदा रामचन्द्र पौडेललाई व्यवस्थापन गर्न कठिन भएको छ ।

उपसभापति पौडेलले यसअघि नै सभापति कोइरालालाई भेटेर आफ्नो योजनाबारे जानकारी गराइसकेका छन् । उनी आफै पनि सभापतिमा लड्ने योजनामा छन् ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७