पत्रकार भण्डारी न्युजिल्याण्डमा चर्चित रेडियो प्रस्तोता

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

10262048_678047425564219_4462013483740478125_n

जनबोली/ काठमाडौ । लामो समय नेपालमा पत्रकारिता गरेका विपन भण्डारी कामको शिलशिलामा आज विदेशी भूमिमा पुगेतापनि पत्रकारितामै सक्रिय छन् । न्युजिल्याण्ड पुगेको ५ महिना नपुग्दै उनी त्यहाँको स्थानीय रेडियो प्लानेटको कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गर्न सफल बनेका छन् । स्थानीय रेडियोको नेपाली भाषाको प्रचार तथा प्रवद्र्धनमा गर्ने उदेश्यले सुरु गरेको नेपाली भाषाको कार्यक्रम हाम्रो चौतारी अहिले भण्डारीले उत्पादन तथा प्रस्तुती सुरु गरेका छन् ।

रेडियोको अत्यन्तै चर्चित कार्यक्रम हाम्रो चौतारीमा भण्डारी न्युजिल्याण्डमा बसिबसि नेपाल देखाउछन् । नेपालको कुनैपनि भुमीको शब्दमा व्याख्या गर्दै नेपाली भाषाका गीत संगित जोड्ने कार्यक्रममा भण्डारीको आवाज अत्यन्तै बुलन्द सुनिन्छ ।

न्युजिल्याण्डबाट कार्यक्रम रमाईलो चौतारमा उपस्थित भएको छु म विपन भण्डारी भन्ने आवाजले नेपाली पत्रकार उत्साहित हुने गर्दछन् ।

नेपालमा सक्रिय पत्रकारीता गरेको व्यक्ति जहाँ पुगेपनि उ सदावहार पत्रकार नै बन्ने रहेछ भन्दै विपनको कामलाई नेपाली पत्रकारले प्रशंसा गर्ने गर्दछन् । अहिले पत्रकारीता पढाउने क्याम्पसहरुमा होस् या नेपाली मिडिया हाउस नजिक रहेका चिया चौतारीमा भेला भएका पत्रकारहरुले उनै पत्रकार भण्डारीको प्रशंसा गरिरहेका हुन्छन् । पत्रकारितामा स्नातक गर्दै गर्दा आज भन्दा ५ बर्ष पहिले नेपाल वान टेलिभिजनमा टिभि जर्नालिष्टको रुपमा काम सुरु गरेका भण्डारी नेपालमापनि छोटो समयमै व्यवसायीक पत्रकारको चर्चा बटुल्न सफल बनेका थिए ।

नेपालमा गनिएका खेलकुद पत्रकारहरुको स्थानमा आफुलाईपनि राख्न सफल बनेका थिए । दक्षिण यसियाली खेलकुद पत्रकार संघमा समेत सक्रिय पत्रकार भण्डारीले दक्षिण यसियाका पत्रकारहरुको सम्बन्ध समेत राम्रै राखेका थिए । नेपाल वान टेलिभिजनमा रहँदा उनी आवश्यक परे अनुशार सबै काम २४ सै घण्टा खटेर गर्ने गर्दथे ।

टेलिभिजनका समाचार सम्पादक एवं कार्यक्रम प्रस्तोता इन्द्र आचार्य सम्झन्छन् “विपन नेपाली टेलिभिजन पत्रकारीताका लागि अत्यन्तै आवश्यकीय थिए । भविष्य खोज्न न्युजिल्याण्ड पुगेपनि म सधै सम्झने गर्दछु ।” आचार्य भन्छन् विपनलाई मैले सम्झनुपर्दा “उ, समाचार संकलन गर्ने संवाददाता मात्र बनेर बस्नै नसक्ने व्यक्ति हो । उ सँग विलक्षण क्षमता छ, मलाई याद छ म काम विशेषले बाहिर रहदा मैले प्रस्तुत गर्ने कार्यक्रम एक्सरे रिपोर्ट, उसले पहिलो टेक मै प्रस्तुत गरेको थियो ।” ” विषयको खोजी, प्रस्तुती, उत्पादनमा त झन उ अत्यन्तै क्षमतावान् व्यक्ति हो । आज कामको खोजीमा विदेशी भूमिमा पुगेको ५ महिना नपुग्दै न्युजिल्याण्डको विद्युतीय तरङ्गमा म विपन भण्डारी भन्ने आवज फैलिनु र इन्टरनेट मार्फत विश्वभरी विपन भण्डारीलाई सुन्न सकिँदा मेरो छाती गर्वले फुलेको छ” आचार्य खुसी व्यक्त गर्छन् ।

जे होस् नेपाली युवा पत्रकारहरु विदेशी आमसञ्चार माध्यममापनि विक्नु भनेको नेपालको पत्रकारीता क्षेत्रको गति तेजिलो बन्दै जाँनु हो । आम सञ्चार बलियो हुनु भनेकै देशमा राजनीतिक पद्धती सुधार हुनु र आर्थिक विकासको चरणमा अघि बढ्नु हो ।

रेडियो कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७