पूर्व प्रधानमन्त्री थापाको श्रद्धाञ्जली सभा पश्चात् अन्तिम संस्कारको लागि आर्यघाट तर्फ प्रस्थान गरिँदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

11149072_10203816342119237_1497008953_nजनबोली ४ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूयबहादुर थापाको शब दाहसंस्कारका लागि पशुपति आर्यघाट तर्फ लगिएको छ ।

दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीपछि उनको शब पशुपति आर्यघाट लगिएको हो । दशरथ रंगशालाबाट बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतीदेवी, पुरानोवानेश्वर, गौशाला हुँदै आर्यघाट लगिदै छ ।

शबयात्राका क्रममा अन्य सवारी साधनलाई सो रोडमा चल्न रोक लगाइएको छ । यसअघि उनको शब अन्तिम श्रद्धान्जलीका लागि चाबाहिलस्थित राप्रपा केन्द्रीय कार्यलयमा राखिएको थियो ।

उनको पार्थिव शरीरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, विभिन्न पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

सम्बन्धित खबरहरु