Nepal Govarnarजनबोली ४ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले मुलुकको आर्थिक अवस्थाको सुधारका निम्ति चार्टड एकाउण्टेन्टको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल चार्टड एकाण्टेन्ट संस्थाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अर्थतन्त्रको सुधारका विषयमा पनि चार्टड एकाउण्टेन्टलाई समावेश गराउनुपर्ने बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय अवस्था सुधारका लागि चार्टड एकाउण्टेन्टहरुलाई नेतृत्व तहमा राख्नुपर्ने बताए ।

उनले ६ महिना पहिले राम्रो वित्तीय अवस्था देखिएका वित्तीय संस्थाहरु ६ महिनापछि घाटामा गएका उदाहरणहरु रहेको भन्दै यसो हुनुमा जनशक्तिको कमजोरी भएको बताए ।

गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफा वृद्धिका लागि जतिसक्दो धेरै चार्टड एकाण्टेन्टहरुलाई जागिर दिनुपर्ने भन्दै राष्ट्र बैंकले पनि चार्टड एकाउण्टेन्टहरु थप गर्ने तयारी गरिरहेको बताए ।

सम्बन्धित खबरहरु