आजबाट सिंगो इतिहास सूर्यको पार्थिव शरीर समेत अस्तायो (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

जनबोली/ ४ बैशाख, काठमाडौ । बुधबार निधन भएका पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापालाई राजकीय सम्मानका साथ अन्तिम विदाई गरिएको छ । शुत्रबार थापाको अन्तिममा सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले राष्टिय झण्डा ओढाए । दशरथ रंगशालामा राखिएको थापाको पार्थिव शरीरमा प्रधानमन्त्रीले अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

 उनीसंगै सभाध्यक्ष सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु थापालाई अन्तिम श्रद्धाञ्जलीका लागी रंगशाला पुुगेका थिए ।  थापालाई अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारण पनि पुगेका थिए । सर्वसाधारणहरु हातमा फूल लिएर लामवद्ध भएका थिए ।

दिवंगत थापालाई नेपाली सेनाले पनि सलामी अर्पण गरेको छ । उनलाई दशरथ रंगशाला राख्नु अघि राप्रपाको पार्टी कार्यालय चावहिलमा राखिएको थियो । रंगशालाबाट फूलैफूलले सजिएको नेपाली सेनाको गाडीमा राखेर थापाको शवयात्रा गरिएको छ । थापाको पशुपति आर्यघाटमा शुक्रबार नै अन्त्येष्टी गरिएको छ ।  

हेर्नुहोस् तस्बिरहरु

surya bahadur thapa

surya bahadur thapa  surya bahadur thapa surya bahadur thapa surya bahadur thapa

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७