आखिर खै के रहेछ त, जीवनलिला हेर्दा-हेर्दै माटोमा मिले सूर्यबहादुर (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

Surya-Bahadur-Thapa-smile

जनबोली/ ४ बैशाख, काठमाडौ । पाँच पटक प्रधानमन्त्री बनिसकेका सूर्य बहादुर थापाको पार्थिव शरीर समेत अब हामिबीच रहेन । शुक्रबार साँझ करिब ६ बजे काठमाडौको पशुपतिनाथ स्थित आर्यघाटमा उनका छोरा सुनिल बहादुर थापाले दागबत्ति दिएपछि हेर्दाहेर्दै थापाको पार्थिव शरीर खरानीमा परिणत भयो ।

[box type=”custom” color=”#fcfcfc” bgimg=”https://139.180.211.168/wp-content/uploads/2015/04/Surya-Bahadur-Thapa-smile.jpg” bg=”#81d742″ fontsize=”18″ border=”#81d742″]भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूयबहादुर थापालाइ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको हो । थापाको अन्तिम श्रद्धान्जली दिन सभामुख सुभासचन्द्र नेम्वाङ, गृहमन्त्री बामदेब गौतम लगायतका मन्त्रीहरु, थापाका आफन्तहरु विभिन्न दलका नेताहरु तथा सर्वसाधारणहरु थापाको अन्तिम विदाइकोलागि पशुपति क्षेत्रमा उपस्थित भएका थिए ।[/box]

दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीपछि उनको शब पशुपति आर्यघाट लगिएको हो । दशरथ रंगशालाबाट बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतीदेवी, पुरानोवानेश्वर, गौशाला हुँदै आर्यघाट लगिएको थियो । यसअघि उनको शब अन्तिम श्रद्धान्जलीका लागि चाबाहिलस्थित राप्रपा केन्द्रीय कार्यलयमा राखिएको थियो ।

उनको पार्थिव शरीरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, विभिन्न पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

output_HJUoWH

सम्बन्धित खबरहरु