मुम्बई । पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफको फ्यान फ्लोइङ निकै बढेको छ । उनको लोकप्रियता भारतभित्र मात्रै सिमित छैन ।भारत बाहेकका मुलुकमा पनि उनको चर्चा चुलिँदै गएको एक सर्वेक्षणले देखाएको छ ।

केही मुलुकमा गरिएको सर्वेक्षण अनुसार कट्रिनाले सबैभन्दा लोकप्रिय भारतीय नायिकामा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । हलिउड फिल्मसमेत खेलिसकेका अभिनेत्रीहरु दिपिका पादुकोण र प्रियंका चोपडा उनीभन्दा पछाडि छन् ।

बलिउड एवं क्षेत्रीय फिल्मका लागि गरिएको भिडियो अन डिमाण्ड स्ट्रिमिङ प्लेटर्फमद्वारा गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । यो रिपोर्ट जनसांख्यिक आँकडामा आधारित रहेको अध्ययन गर्ने संस्थाले जनाएको छ । यसमा प्रवासी भारतीयले पनि मत दिएका थिए । 

अध्ययनअनुसार दिलजीत दोसाँझ भारतका सबै भन्दा लोकप्रिय पञ्जाबी अभिनेता घोषित भएका छन् । पञ्जाबी अभिनेत्री नीरु बाजवा दोस्रो स्थानमा छिन् ।

सम्बन्धित खबरहरु