रुकुममा अज्ञात रोगका कारण २६ जना बिरामी

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

५ बैशाख, रुकुम । रुकुमको चौखावाङ ५ हिलमा देखिएको अज्ञात रोगका कारण २६ जना बिरामी परेका छन् ।

स्थानीय बासिन्दामा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगाँटा लाग्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखा परेको छ । शुक्रबार २२ जनामा यस्तो संक्रमण देखिएको थियो । आज थप चारजनामा यस्तै संक्रमण देखिएको छ ।

बिरामी भएको थाहा पाउँ वित्तिकै जिल्ला स्वास्थ्य कार्यलयको टोली पुगेर उपाचार गरिरहेको भएपनि बिरामको संख्यामा बढिरहेको स्थानीयहरुले बताएका छन् ।

उपचारमा संलग्न डाक्टरहरुले स्वाईन फ्लुको लक्षण नभई दुषित खानेपानीका कारणले स्थानीय बिरामी परेको बताउँदै धेरै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु