कांग्रेस र एमालेले सत्ता लम्ब्याउन खोज्दा संविधान निर्माण ढिलाइ : प्रचण्ड

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

prachanda janaboli

जनबोली/ ५ वैशाख, भैरहवा । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १५ भित्रपनि संविधान निर्माण नहुने पक्का भएको दावी गरेका छन् । शनिबार नवलपरासीमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले भैरहवा गौतमबुद्ध विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता पक्षकै कारण जेठ १५ भित्र पनि संविधान निर्माण गर्न नसकिने अवस्था आएको बताएका हुन् ।

आफुहरुले आन्दोलन स्थगित गरेर सहमतिको प्रत्यन गरिरहे पनि सत्तारुढ दलहरुले सत्ताको लोभमा सहमति गर्न नखोजेको आरोप लगाए । नेपाली कंग्रेसको महाअधिवेशन नजिकिँदै गरेको कारण कांग्रेसले अधिवेशन अघि संविधान निर्माण गर्ने कि अधिवेशनपछि संविधान निर्माण गर्नेबारे कांग्रेस अलमलमा परेको प्रचण्डको आरोप छ ।

[quote color=”#28ffe2″][/quote]प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई पुरानै स्थान लान खोजेको बताउँदै ३० दलीय मोर्चामा विवाद उत्पन्न हुँदासमेत आफुहरुले पटकपटक सरकारलाई संविधान निर्माणका लागि वार्तामा आउन आग्रह गरे पनि सरकारले चासो नदेखाएको गुनासो गरे ।

सबैभन्दा बढी विवादित विषय राज्य पुनः संरचना भए पनि सो विवाद समाधान गर्न नसकिने आफुहरुलाई नलागेको प्रचण्डले बताए । उनले अहिले संविधानसभाको वैठक बोलाउने र प्रत्यक पटक कुनै संविधान सभा सदस्य वा पूर्वमन्त्रीको निधनका कारण संविधानसभा बैठक स्थगित हुनुलाई बिचित्रताको संज्ञा दिएका छन् ।
सत्ता पक्षले सत्तामा कसरी टिकी राख्ने र सत्ताको स्वार्थ सत्तारुढ दल लागेको कारण संविधान निर्माणमा कठिनाइ आएको उनले आरोप लगाए ।

सम्बन्धित खबरहरु