मोदीलाई टक्कर दिन बीबीसीले बनायो, नेपालमा बुद्ध जन्मको प्रमाण सहितको डकुमेन्ट्री (भिडियो सहित)

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

GautamBuddhawithBirdsofPeace1383404495_1391757295

जनबोली/ ५ बैशाख, काठमाडौ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा आफ्नो देश सदस्यका लागि योग्य रहेको दावी गर्न भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका विभिन्न ठाउँमा पुगेर गौतम बुद्धको देश भारत भन्दै आएका छन् । भगवान गौतम बुद्धको जन्म स्थानका बारेमा भारत सरकार स्वयंले पनि बेला बेलामा विवादास्पद अभिव्यक्ति दिने गरेको छ।
गत साउन १८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभा बैठकमा सम्बोधन गर्दै बुद्ध भुमिका केम्न पाउँदा आफु गौरवान्वीत भएको बताएका थिए ।
उनको उक्त भाषण सुनेर हाम्रा सभासदहरुले मज्जाले ताली समेत पीटे । तर अहिले मोदी फ्रान्स पुगेर गौतम बुद्ध र महात्मा गान्धिको देश भारतको सुरक्षा परिषद्मा सदस्यता पाउनु हक हो भन्दै अभिव्यक्ति दिँदै हिँडेका छन् । मोदीको यो भषणको सार जे भए पनि उनले बुद्धको नाम जोडेर भारतलाई विश्वमा नयाँ शक्तिका रुपमा चिनाउने प्रयत्न गरेका छन् ।
तर, मोदीको उक्त भारषमा जे भने पनि बेलायतको बीबीसी सेवाले बुद्धबारे एउटा डकुमेन्ट्र बनाएको छ । जहाँ बुद्धको जन्मदेखि ज्ञान प्राप्त गर्दासम्मका घटना समावेश गरिएको छ ।
उक्त भिडियोमा बुद्ध नेपालको लुम्बिनीमा जन्मीएको र ज्ञान प्राप्तीकालागि बोधगयो पुगेको उल्लेख छ । बीबीसीले उक्त भिडियोमा सप्रमाण व्याख्या प्रयास गरेको छ ।
हेर्नुहोस् यो भिडियो

https://www.youtube.com/watch?v=YsEksMEE2Eg&feature=youtu.be#sthash.cXk7QUUr.dpuf

सम्बन्धित खबरहरु