केही दिन भित्रै सहमतिय राजनीति अघि बढ्दै छ : उप-प्रधानमन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

prakasmansing

जनबोली/ ५ बैशाख, काठमाडौ । उप–प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका लागि शीर्ष नेताहरु चाँडै सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार राजधानीको बुद्धनगरमा आयोजित सरसफाई कार्यक्रममा सहभागि हुँदै उप प्रधानमन्त्री सिंहले सहमतिकालागि शीर्ष नेताहरु आतुर रहेकाले केही दिन भित्रै सहमतिय राजनीति अघि बढ्ने दाबी गरे ।
उनले नेताहरु जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउँदै जनताको चासो र चिन्ता सम्बोधनमा ढिलाई गर्न नहुने बताए । कांग्रेस महामन्त्री समेत रहेका सिंहले सहमतिकालागि सबै इमान्दार बन्नुपर्ने बताए ।
सिंहले आफुहरु सहमतिमै संविधान जारी गर्न लागिपरे पनि केही दलले सहमति पनि गर्न नदिने र प्रकृया अघि बढ्न पनि नदिने रणनीति लिएका कारण समस्या उत्पन्न भएको बताए ।

सम्बन्धित खबरहरु